नियम ३१
सरकारी वकीलसँग परामर्श लिने र फाइल पठाउने
(१) सरकारी वकीलबाट दायर हुने बाहेकका नेपाल सरकार वा सरकारी कर्मचारीको तर्फबाट अदालतमा दायर भएको र अन्य कसैले नेपाल सरकार वा सरकारी कर्मचारी उपर दायर गरेको मुद्दामा पुनरावेदन गर्न, पुनरावलोकन वा दोहोन्याई हेरी पाउन निवेदन गर्ने निर्णय गर्नु अघि सम्बन्धित अधिकृतले चाहेमा महान्यायाधिवक्ताको कार्यालयमा सो विषयमा परामर्श गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पुनरावेदन गर्दा वा पुनरावलोकन वा दोहोच्याई हेरी: पाउन निवेदन दिँदा सम्बन्धित निकायले आवश्यक परेमा सम्बन्धित सरकारी वकीलसँग समन्वय गरी आवश्यक लिखत कागजात वा निबेदन तयार गरी अदालतमा दर्ता गराई सकेपछि फाइल बहस पैरवीको लागि सम्बन्धित सरकारी वकील समक्ष पठाउनु पर्नेछ ।